सांसद डाँगीकाे प्रश्न : बागमती र अन्य नदीको नाममा कति वर्षसम्म राजनीति र पैसा बगाउने काम हुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले पशुपति क्षेत्रलगायत बागमती नदीको दुर्दशा बदल्ने भनेर हालसम्म झन्डै २२ अर्ब पैसा बागमतीमा बगिसकेको बताएकी छन् ।

यत्राे पैसा खर्च भइसक्दा पनि बागमतीकाे अवस्था नफेरिएकाेमा उनले चिन्ता पनि व्यक्त गरिन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले एकातिर नदी सफाइमा बर्सेनि २ अर्बभन्दा बढी खर्च भइरहेको तर खोलानाला जस्ताको त्यस्तै रहेको बताएकी हुन् ।

उनले खानेपानी ऐनले मलमूत्र खोलामा मिसाए तीन महिनादेखि १ वर्षसम्म कैद र पाँच लाखसम्मको जरिवानाको व्यवस्था गरे पनि त्यो दण्ड जरिवानाको भागिदार को हो ? भन्दै सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।

उनले प्रश्न पनि गरेकी छन्, ‘सभामुख महोदय, बागमती र अन्य नदीको नाममा अझ कति वर्षसम्म राजनीति अनि पैसा बगाउने काम हुन्छ यो देशमा ?’

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७