जुलाई २ मा कासाई रिन्काई पार्क बार्बिक्यु स्क्वायरमा सद्भाव वनभाेज

जापान । जनसम्पर्क समिति जापानका उप-सभापतिसमेत रहेका राजेन्द्र जमकट्टेलको संयोजकमा आउँदाे जुलाई २ तारिकमा वनभाेज कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।

उक्त वनभाेज कार्यक्रम कासाई रिन्काई पार्क बार्बिक्यु स्क्वायरमा आयाेजना हुनेछ ।

संसारभर फैलिएकाे काेभिड १९ का कारण केही वर्षदेखि जापानवासी नेपाली समुदायको बीचमा सामाजिक सद्भाव अभिवृद्धि गर्ने गतिविधिहरू हुन सकेकाे छैन । यही कुरा ख्यालमा राखेर सद्भाव वनभाेज कार्यक्रमकाे आयाेजना गरिएकाे संयाेजक राजेन्द्र जमकट्टेलले बताए ।

राष्ट्रियता, लोकतन्त्र, समाजवादको मूल्य मान्यतालाई आत्मसाथ गर्दै र प्रवासमा रहेका नेपालीहरूलाई एकत्रित गर्दै आइरहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल जनसम्पर्क समितिसँगै जापानवासी नेपाली समुदायकाबीचमा एक आपसमा परिचय बनाउन पनि याे कार्यक्रम आयाेजना गरिएकाे जमकट्टेलले बताए ।

उक्त कार्यक्रमले नविन शन्देससहित जापानवासी नेपालीलाई हातेमालाे गरेर अगाडि बढ्न प्रेरित गर्ने विश्वास पनि आयाेजककाे रहेकाे छ ।

२०२३ जुलाई २ आइतबार (बिहान ११ बजे देखि ४ बजेसम्म)कासाई रिन्काई पार्क बार्बिक्यु स्क्वायर JR जेआर केइयोउ सेन, कासाई रिन्काई कोएन स्टेशनबाट ५ मिनेट पैदल दूरीमा (HARMONY BBQ)कार्यक्रमको आयोजना गरेकोले उपस्थित हुन आयाेजक टिमले अनुराेध पनि गरेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१