जोकोभिचलाई कीर्तिमानी २३ औँ ग्राण्डस्लाम उपाधि

काठमाडौं । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा जोकोभिचले फ्रेन्च ओपनको उपाधि भिडन्तमा नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर तेस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाएका हुन् ।

रोला ग्यारोमा जोकोभिचले रुडलाई ७–६, ७–१, ६–३ , ७–५ ले हराए ।

जोकोभिचले सर्वाधि २२ उपाधि जित्ने स्पानिस राफेल नाडललाई पछि पार्दै कीर्तिमान बनाएका हुन् ।

जोकोभिच चारवटै ग्राण्डसलाम कम्तीमा तीन पटक जित्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
३६ वर्षीय जोकोभिचले यस वर्षको पहिलो ग्राण्डसलाम अष्ट्रेलियन ओपनको उपाधि समेत जितिसकेका छन् ।

योसंगै उनले अष्ट्रेलियन ओपन १० पटक, विम्बलडन ओपन ७ पटक तथा फ्रेन्च ओपन र यूएस ओपन समान तीन पटक जितेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१