
काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।