उपचार गर्न सिंगापुर गए शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।

उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ ।

देउवा २/२ वर्षमा फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा सिंगापुर गएको उनको सचिवालयले जनाएको छ ।

उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१