राष्ट्रपति पौडेल डिस्चार्ज

काठमाडौं। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्।

अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले आज एक प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको बताएका हुन्।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका राष्ट्रपति पौडेललाई २४ घण्टा अब्जरभेसनमा राखिएको थियो।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१