वनएक्स बेटबाट १ अर्ब बढीको सट्टेबाजी गर्ने ५ जना एजेन्ट पक्राउ

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्म वनएक्स बेटमा सक्रिय पाँच जना नेपाली एजेन्ट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिनेश खड्का सहितको गिरोहलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा खड्काकी प्रेमिका अनिता धितालसमेत रहेकी छन् ।

त्यस्तै दिपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेलाई समेत वनएक्स बेटमार्फत अवैध सट्टेबाजी गराएको आरोपमा पक्राउ गरिएको छ ।

उनीहरूमाथि प्रारम्भिक अनुसन्धान थाल्दा एक अर्ब बढीको रकम सट्टेबाजीका लागि कारोबार भएको पाइएको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१