
चितवन । मेडिकल व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापासहित तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
कालोमोसोका संयोजक थापासहित नविन गैरे र नित्यानन्द रिजाललाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
भरतपुर आँखा अस्पताल अगाडि कालोमोसो दस्ताको कार्यालय स्थापना गर्ने क्रममा उनीहरुलाई व्यानरसहित पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
‘उनीहरुले कालोमोसोको केन्द्रिय कार्यालय स्थापना गर्न लागेका थिए । त्यहिबेला व्यानरसहित हामीले पक्राउ गरेका हौँ’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ । उनीहरुको प्रकृति हेरेर मुद्धा दर्ता हुन्छ ।’
उनीहरुमाथि अनुसन्धान भइरहेको र सरकारी वकिलसँग पनि सल्लाह भइरहेको पण्डितले बताए ।