पुटिनले पठाए बेलारुसमा रुसी आणविक हतियार

एजेन्सी । रुसी राष्ट्रपछि भ्लादिमिर पुटिनले, रुसी आणविक हतियारहरु बेलारुस पुगेको पुष्टि गरेका छन् ।

गत मार्चमा पहिलो पटक बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका पुटिनले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दुरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै, प्रतिरक्षाका लागि भन्दै रुसले पनि बेलारुसमा आणवीक हतियार तयारी अवस्थामा राखेको समाचार संस्थाहरुले जनाएका छन् ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले पनि अमेरिकासँग लड्ने योजना नभएको तर रणनीतिक हतियार मात्र आफ्नो लागि ठीक भएको बताएका छन् ।

लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा हेरिन्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१