५८ वर्षको मेरो राजनीतिमा मैले कुनै कुरा झुटो बोलेको छैन : अध्यक्ष ओली

  • समाजवादी मोर्चाप्रति कटाक्ष
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५६ वर्षको राजनीतिक जिवनमा कुनै कुरा झुटो नबोलेको दावी गरेका छन् ।

    शनिवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विपक्षीहरुमाथि एमालेले लगाएको आरोपपनि सही आरोपमात्र रहेको दावी गरे ।

    एमालेले सहि आरोप लगाउँदा विपक्षीहरुलाई भने रिस उठ्ने गरेको उनले सुनाए ।

    ओलीले माओवादी, नेकपा एस, जनता समाजवादी पार्टी आवद्ध रहने भनिएको समाजवादी मोर्चाप्रति कटाक्ष पनि गरे

    अध्यक्ष ओलीले भने– ‘यो गठबन्धन सठबन्धन हुँदै गर्छ । यो गठबन्धन मात्रै नपुगेर अर्को के मोर्चा पनि बनाउने रे । समाजवादी मोर्चा पनि बनाउने रे ? समाजवादी मोर्चा किन बनाउने भनेको एमालेसँग मुकावाला गर्नका लागि ? समाजवादी मोर्चाको २ वटा उद्देश्य छन्, एउटा एमालेसँग मुकाविला गर्ने र अर्को कांग्रेसलाई तर्साउने–समाजवादी मोर्चा बनाउछु भनेर । समाजवादी मोर्चा बनाएरचाँही हुन्छ के ? तिनै चिनेका मान्छे हुन सँगै हिँडिरहेका छन् । मोर्चा भनेपनि नभनेपनि लिभिङ टुगेदर त चलिरहेकै छ । अनि के मोर्चा के नमोर्चा ?’

    उनले त्यस्ता मोर्चाहरुको खास आश गर्ने कुनै आधार नभएको बताए । उनले देशप्रति समर्पित राष्ट्रिय शक्ति बनाउनका लागि एमाले लागिपरेको बताए ।

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१