
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुइदिने भ्रमणका लागि बेइजिङ पुगेका छन् ।
अमेरिकी उच्च अधिकारीको पाँचवर्ष यताकै यो पहिलो भ्रमण भएको बीबीसीले जनाएको छ ।
भ्रमणका क्रममा ब्लिन्केनले चीनीयाँ समकक्षी र शीर्ष चीनीयाँ विदेश मामिला सम्बन्धि अधिकारीहरुसंग भेट गर्ने बताइएको छ । तर उनले त्यहाँका राष्ट्रपतिसंग भेट गर्नेबारे अहिलेसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको बीबीसीले जनाएको छ ।
अमेरिकी अधिकारीहरुले, अहिलेसम्मकै तनावपूर्ण अवस्थामा पुगेको दुइदेशबीचको सम्बन्ध सुधार यो भ्रमणको पहिलो लक्ष्य हुने बताएका छन् ।
पाँच महिना अघि नै भ्रमणको तयारी गरेका ब्लिन्केनले चीनीयाँ जासुसी बलुन अमेरिकी हवाई क्षेत्रमा देखिएपछि रद्द गरेका थिए ।