
काठमाडौं । गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ ।
आइतबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ ।