सुदूरका कानूनमन्त्री सवार गाडी दुर्घटना हुदाँ ४ जना घाइते

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ ।

सिंह सवार गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो । सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको बताइएको छ ।

दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको नजिकको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१