पढेलेखेका र पैसावालाहरु कृषि पेशामा नहुँदा मजबुरीको पेशा मात्र कृषि भयो : सांसद साह

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभू साहले पढेलेखेका र पैसावाला मानिसहरु कृषि पेशामा नहुँदा मजबुरीको पेशा मात्र कृषि भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेटमाथिको मन्त्रालगायत छलफलमा सांसद साहले कमजोर मानिसहरु मात्र कृषिमा आश्रित रहेकोले सरकारले नै यस क्षेत्रमा बलियो भरोस बन्नु पर्ने बताए ।

उनले भने ‘ पढेलेखेका मान्छे कृषिमा छैनन् । पैसावाला मान्छेहरु कृषिमा छैनन्। मजवुरीको पेशा कृषि भएको छ । कमजोर मान्छेहरु कृषिमा आश्रित छन् । यो अवस्थालाई बदल्न सकेनौं भने के नेपालको विकास सम्भव छ । ’

समयमा मल नपाउने, सिंचाईको सुविधा नपाउने र सम्मान समेत नपाउने किसानलाई राज्यले पेन्सन दिने व्यवस्था गर्नु पर्ने पनि सांसद साहको माग थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१