गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो, टाेकियोको ‘तीज धमाका २०२३’ सेप्टेम्बर १८ मा

जापान । हिन्दू नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो, टाेकियोले ‘तीज धमाका २०२३’ आयोजना गर्ने भएको छ ।

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले विगतका दिनहरमा पनि निरन्तर गर्दै आइरहेकाे तीज धमाका कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेकाे हाे ।

नेपालबाट लोक दोहोरी क्षेत्रका ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेगरी तीज धमाका कार्यक्रम मनाउन लागिएको समितिका अध्यक्ष राजु बस्नेतले जानकारी गराए ।

नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीमा नेपालको झल्को मेटाउन उक्त कार्यक्रम टोकियो कामातामा रहेको कन्सर्ट हलमा २०२३ सेप्टेम्बर १८ तारिकमा हुने अध्यक्ष बस्नेतले बताए । साथै, उनले उपस्थितिका लागि सम्पूर्णमा आह्वान पनि गरेका छन् ।

कार्यक्रमलाई भव्य बनाउनको लागि नेपालबाट आमन्त्रित ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुकाे भिषाका लागि आवश्यक डकुमेन्टेशनकाे काम प्रक्रियामा रहेको समितिका सचिव दिपक सुवेदीले ‘विप्लव’ ले जनकारी दिए ।

तीज धमाका २०२३ नेपालकै झल्को मेटाउन खालको आयोजना गरिने र सोही अनुसार आन्तरिक तयारी गरिरहेको उपाध्यक्ष दिनेश थापाले बताए ।

विगतका वर्षहरुमा जस्तै यस पटक पनि टोकियोवासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नेमा कान्तो समिति पूर्ण रूपमा विश्वस्त रहेको उपाध्यक्ष थापाको भनाइ छ ।

जापानमा रहेका क्रियाशील विभिन्न संघसंस्थाहरूलाई कार्यक्रम नजुधाउन समेत सचिव दिपक सुवेदी ‘विप्लव’ले अनुरोध गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१