घट्दो क्रममा सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गत मंगलबारदेखि आरालो लागेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१