
काठमाडौं । अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।
आइतबार प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।