महालेखा परीक्षकको कार्यालयले झैँ सबैले आ–आफ्नो क्षेत्रमा इमान्दारिताकासाथ काम गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले लेखा परीक्षकको कार्यालयले मात्र नभई सबलै आफ्नो आफ्नो क्षेत्रमा ईमान्दारिता साथ काम गर्ने भावनाको विकास गर्न आवश्यक भएको बताएका छन् ।

शुक्रबार महालेखा परीक्षकको कार्यालयको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सबै निकायको काम जिम्मेवारीपूर्ण हुनु पर्ने बताए ।

उनले भने ‘ अहिले हाम्रो संघीय लोकतन्त्र अन्तर्गत बनेको तीन वटै तहमा यसका प्रतिवेदन समयमा जाने र त्यसमाथि छलफल हुने गरेपनि निर्णय गर्ने कुराहरुमा केही कमीकमजोरीहरु रहेका छन् । ’

सभामुख घिमिरेले लेखापरीक्षक लगायत सबैले आफ्नो आफ्नो ठाउँबाट हरेक कुराहरु समयमा प्रस्तुत गर्न सके समस्याहरुको समाधान हुने बताए ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशरण महतले आफ्नो क्षमता र आफ्नो व्यक्तिगत स्वार्थको लागि जिम्मेवारीबाट पछि हट्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।

उनले असत्यको पछि लागेर निरिह जस्तो बनेको खण्डमा देशलाई अगाडि बढाउन नसकिने पनि प्रष्ट पारे ।

उनले भने ‘ हामी जुन जिम्मेवारीमा छौ वेखुसी भएर असन्तुष्ट भएर आफ्ने दक्षता छैन भनेर उदासिन हुने गैर जिम्मेवार हुने हामी कसैलाई त्यो छुट छैन । जुन दिन हामीलाई लाग्छ सानो तहदेखि ठूलो तहसम्म मेरो योग्यता क्षमता भन्दा यो पद सानो भयो यो जिम्मेवारी सानो भयो भनेर कुनै ठाउँ सरुवा होला कुनै ठाउँ के होला यस्तो कार्यहरु हामीले छोड्नु पर्छ । यो कसैलाई छुट छैन यो मेरो काम हैन मेरो यो क्षमता हैन ।

अर्थमन्त्री महतले महालेखापरीक्षकले सबै चुनौतीहरुको समना गर्दै विशिष्ट काम गर्ने अपेक्षा लिएको बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१