अर्थतन्त्र लयमा फर्किएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय भएको बताएका छन् ।

पोखरामा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उनले भने ‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो । तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ ।’

त्यस्तै, यसपटकको भारत भ्रमण ऐतिहासक रुपमा सफल भएको दाबी गरेका उनले भारतीय प्रधानमन्त्रीले आफैले सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय भएको उनको दाबी छ ।

उनले भने, ‘यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ । राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन् । भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन ।’

उनले विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको भन्दै जनताका समस्या सम्बोधन गर्ने प्रयासमा सरकार रहेको बताए ।

उनले भने, ‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ, यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।’

उनले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै समझदारीका साथ अगाडि बढ्ने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१