कोलम्बियामा उड्दाउड्दै जुधे दुई हवाईजहाज (भिडिओसहित)

काठमाडौं । कोलम्बियामा उड्दाउड्दै दुई जहाज जुधेका छन् । कोलम्बियाको आइपे एयर बेस नजिकै दुई हवाईजहाज जुधेका हुन् ।

जुधेका हवाईजहाज तालिमको क्रममा रहेका कोलम्बियाको हवाई सेनाका दुई टि–२७ नामक जहाज भएको बताइएको छ ।

आइतबार दुई हवाईजहाज जुध्दा एक पाइलट लेफ्टिनेन्ट कर्नेलको मृत्यु भएको छ । हवाईजहाज जुधेको भिडियो फुटेज अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

जुलाई २० मा कोलम्बियाली सहर रियोनेग्रोमा हुने हवाई सोको तयारीको क्रममा भएको अभ्यासमा दुई हवाईजहाज जुधेका रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१