
काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गकाे सदस्य पदमा गगन खत्री ‘झकास’ले उम्मेदवारी दिएका छन् ।
लक्जेम्बर्गलगायत नेपाली समाजका सामाजिक कार्यहरुमा विगत लामो समयदेखि सकृय रहेर हालसम्म हासिल गरेका कामको अनुभवका आधारमा आफ्नाे उम्मेदवारी रहेकाे उनले बताए ।
संघमार्फत लक्जेम्बर्गमा रहेको नेपाली समाजलाई सकारात्मक रुपमा योगदान गर्ने उद्धेश्य आफूले बाेकेकाे पनि खत्रीले बताए ।
उनले आफूलाई सहयोग, समर्थन गर्न अपिल पनि गरेका छन् ।