चर्चामा

एनआरएनए जापानको सचिवमा मनोज श्रेष्ठको उम्मेदवारी

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको सचिवमा मनोज श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको ११ औँ अधिवेशनको सरगर्मी बढेको बेला अहिले धमाधम एनआरएनए जापानको केन्द्रिय चुनावको लागि उम्मेद्वार हरुले पनि आफनो उमेद्वारी घाेषणा गरिरहेका छन् ।

यसैबिच एनआरएनए जापानको आगामी २०२३-०२५ कार्यकालको लागि सचिव पदमा श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

जापानमा सामाजिक कार्यमा सक्रिय युवा मनोज सन् २०१५ देखि एनआरएनए जापानको साधरण सदस्यबाट सन् २०१७-०१९ को कान्तो क्षेत्रिय समिति हुँदै हाल एनआरएनए जापानको केन्द्रिय सदस्यका साथै हाईजिमा युथ क्लवको महासचिव, नेपाल जापान फुटबल एसोसिएसनको महासचिव, दोलखा समाजको केन्द्रिय कोषाध्यक्षमा रहेर काम गरिरहेका छन् ।

श्रेष्ठले उम्मेदवारी सार्वजनिक गरेसँगै निर्विरोधको लागि पहल भइरहेको बताए । ‘युवा एकता समाजको आवश्यकता, एनआरएनएलाई सक्रिय र चलायमान बनाउने मेरो प्रतिवद्धता’ भन्ने नारासहित श्रेष्ठले सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१