एनआरएनए बेल्जियमको अध्यक्षमा सिता सापकोटा विजयी

काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा सिता सापकोटा विजयी भएकी छन् ।

सन् २०२३-२५ कार्यकालकाे अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनमा १ हजार ११२ मत ल्याएर सापकोटा विजयी भएकी हुन् ।

सापकोटका प्रतिद्वन्दीमा अनुजा प्रधान र तिर्थ धमला रहेका थिए ।

सापकाेटा विगत लामो समयदेखि बेल्जियममा बसेर विभिन्न संघ संस्थामा आवद्ध छिन् ।

इमान्दारिता र नि:स्वार्थ भावनाका साथ नेपाली समुदायको हकहितका लागि नेतृत्वदायी भुमिका निभाउँदै आएकी, निडर, साहसी र कर्तब्यनिष्ठ सापकोटाले अब एनआरएनए बेल्जियमलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१