मन्त्री किराँतीको नाम लिएपछि तेल दिएको कार्यालयले माग्यो माफी

  • किराँती संग्लन नरहेको प्रष्टोक्ती
  • काठमाडौं । पर्यटन मन्त्री सुदन किराँतीले १०० लिटर डिजेल लिएको विषय भ्रामक रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, भोजपुरले जनाएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, भोजपुरले १०० लिटर तेल दिएको विषयलाई लिएर मन्त्री किराँतीले आफूले नलिएको प्रष्टाएका छन् ।

    खानेपानी डिभिजन कार्यालयले आफ्नो गल्ती स्विकारेको छ । केहिदिन अघि ‘नेपाल राष्ट्रिय युवा फेडेरेसन’ ले १०० लिटर डिजेल सहयोगको अपेक्षासहित खानेपानी कार्यालयलाई पत्र लेखेको थियो । अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि फेडेरेसनले पत्र पठाएको जनाएको छ । तर उक्त पत्रमा मन्त्री किराँतीको नाम कतै लिएको छैन । उता खानेपानी कार्यालयले भने किराँतीको नाम लिएर डिजेल माग भएपछि दिएको नप्रष्टाएपनि यथार्थ नबुझी भूल गरेको स्विकारेको छ । यस अभिव्यक्तीले १०० लिटर तेल दिएको प्रष्ट हुन्छ ।

    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, भोजपुरले विज्ञप्तिमा भनेको छ ‘विगत केहि दिन अगाडी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती ज्यू गृह जिल्ला भोजपुर भ्रमण गरेर फर्किसकेपछि सो को केहि दिन पछि माननीय मन्त्रीज्यूको नाम जोडी कुनै व्यक्ती वा समूहले यस खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरबाट इन्धन (डिजेल) माग गरेको सम्बन्धमा यस कार्यालयको गम्भिर ध्यानकर्षण भएको छ ।’

    यस विषयमा मन्त्री किराँतीले आफू भोजपुर भ्रमणमा गएको बेला एक समूहले १०० लिटर तेल लिएकोप्रति ध्यानकर्षण भएको बताएका छन् । मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत आफ्नो नाम प्रयोग गरेर एक समूहले १०० लिटर तेल लिएको बताएका छन् ।

    आफू १८ असारमा भोजपुर गएर फर्किएको र आफ्नो नाम लिएर एक सरकारी कार्यालयबाट २२ असारमा १०० लिटर तेल लिएको बताएका छन् । ‘गृह जिल्ला भोजपुर बाट म असार १८ गते काठमाडौं फर्केको हुँ असार २२ गते भोजपुरको एक सरकारी कार्यालय बाट कुनै एक समुह गएर मेरो नाममा १०० लि. तेल बुझिलगेको प्रमाणित भयो । यो घटनाले म दुःखी भएको छु । ’ उनले लेखेका छन् ।

    उनले यो घटनाप्रति दुःख व्यक्त गर्दै तेल लिने समूहमाथि कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताएका छन् ।

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१