
जापान । गैरआवासीय नेपाली संघ जापानका पूर्व महासचिव मुक्तिराम खनाल(बिनोद)ले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
मुक्तिराम खनाल ‘विनाेद’ सन् २००७ देखि गैरआवासीय नेपाली संघ जापानमा आबद्ध छन् । सन् २००९ एनआरएनए जापानकाे क्षेत्रीय सचिव, सन् २०११ मा हिरोशिमा क्षेत्रीय संयोजक, सन् २०११ देखि सन् २०१३ कार्यकालमा राष्ट्रिय समन्वय परिषद् जापानको सचिव पदको उम्मेद्वार हुँदै, सन् २०१३-१५ कार्यकालमा राष्ट्रिय समन्वय परिषद् जापानको महासचिव पद सम्हालिसकेका खनाल समग्र नेपाली समुदाय तथा एनआरएनए जापानका निकै पुराना अनुभवी अभियन्ताका रुपमा चिनिन्छन् ।
एनआरएनए मात्रै नभएर जापानका अन्य विविध सामाजिक अभियानहरुमा जोडिएका, समाजका विविध संगठनहरुमा कुशलता समन्वयकर्ताको परिचय बनाएका खनाल एनआरएनए जापानलाई सरल, सबल र परिष्कृत बनाउने योजनासहित आफू उपाध्यक्ष पदकाे उम्मेदवार भएकाे बताउँछन् ।
उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै जापानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अमूल्य मत दिएर विजयी गराइदिनुहुन उनले अनुराेध पनि गरेका छन् ।