एनआरएनए जापानको सचिवमा दिपेश खत्री (केसी)ले दिए उम्मेदवारी

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिवमा दिपेश खत्री (केसी)ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए जापानको क्षेत्रीय समिति कान्तो टोकियोको निवर्तमान संयोजक खत्रीले केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएनए जापानको ११ औँ अधिवेशनको सरगर्मी बढेको बेला अहिले धमाधम उम्मेदवारी घाेषणा भइरहेका छन् ।

विभिन्न संघ संस्थाको लामो अनुभव बटुल्दै गरेका केसी गैरआवासीय नेपाली संघ एनआरएनए जापानको साधारण सदस्यमा सन् २०१३ मा आवद्ध भएका थिए ।

त्यसपछि उनी २०१७-१९ एनआरएनए कान्ताे सह-सचिव, २०१९-२०२१ एनआरएनए कान्तो उप-संयोजक र २०२१-२३ मा संयाेजक भइ काम गरिसकेका छन् ।

समाजिका कार्यकमा निकै सक्रिय खत्री नेपाल भलिबल सङ्घ जापानको उपाध्यक्षसमेत हुन् । उनी गल्कोट समाजको केन्द्रीय सल्लाहकार, गल्कोट स्पोर्टस् क्लव टोक्योका सल्लाहकारलगायत विभिन्न संघसंस्थामा आवद्ध छन् ।

उनले आफ्नो उम्मेदवारी सार्वजनिक भएपछि निर्विरोधको लागि पहल भइरहेको पनि बताए । ‘युवा एकता समाजको आवश्यकता, एनआरएनएलाई सक्रिय र चलायमान बनाउने मेरो प्रतिवद्धता’ भन्ने नारासहित केसीले सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले जापानमा रहेका सम्पूर्ण नेपालीलाई मत दिएर जिताउन आग्रह पनि गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१