सुन प्रकरण : चिनियाँ नागरिकसहित दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् ।

बिहीबार नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चिनियाँ नागरिकसंगै चितवनका अशोक लामा पनि पक्राउ परेका हुन् ।

यसअघि प्रकरणमा यसअघि राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१