ललिता निवास प्रकरण : आज सर्वोच्चले फैसला सुनाउँदै

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको हो ।

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१