
काठमाडाैं । सय केजी सुन तस्करी प्रकरणमा विमानस्थलका भन्सार अधिकृतसहित ६ जना पक्राउ परेका छन् ।
राजश्व अनुसन्धान विभागकाे टाेलीले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बालाई पक्राउ गरेको स्राेतले बताएकाे छ ।
पक्राउ परेका चन्द, ढकाल र श्रेष्ठदलाई शनिबार निलम्बन गरिएको थियो ।
गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।
यस प्रकरणमा विभागले यसअघि १० जनालाई पक्राउ गरिसकेको छ । जसमा चिनियाँ नागरिक एक जना र भारतीय नागरिक एक जना छन् ।
सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पठाइसकेको छ । यद्यपी सुनकाे नापजाँचकाे काम भने भएकाे छैन ।