
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले विदाइ भेट गरेकी छिन् । कार्यकाल पूरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग विदाइ भेट गरेकी हुन् ।
भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरुले नेपालमा गरेको सहयोगका लागि धन्यवाद दिँदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे ।
नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जादैछिन् ।