एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको अध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन् । एनआरएनए जापानको एघारौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निउरे विजयी भएका हुन् ।

यसअघिको लामो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका निउरे अहिले अध्यक्षमा उम्मेदवार दिएका थिए । आफ्ना प्रतिस्पर्धीलाई १७ सय ३५ मतले पराजित गर्दै निउरे आगामी २ वर्षको लागि अध्यक्ष भएका हुन् ।

उनको समन्वय परिषदमा लामो योगदान छ । निउरेले आफूलाई मतदान गर्नेलाई धन्यवाद दिँदै गैरआवासीय नेपालीको हितमा काम गर्ने बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१