
काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा संग्लन रहेको आरोपमा २ चिनियाँ नागरिक पक्राउ परेको छन् । उनीहरुलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा ल्याएको छ ।
राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चीन जान लाग्दा अध्यागमनबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा लिजिया लिन र लिउफुयान रहेको बताइएको छ । उनीहरू तस्करीको कालोसूचीमा थिए ।