रास्वपाको लाइनमा एमाले : कार्यक्रममा आसनग्रहण नगर्ने, अधिक खादा–माला नलगाउने

काठमाडौं । नेकपा एमालेले कार्यक्रममा आसन ग्रहण नगर्ने बताएको छ । बुधबार एक कार्यक्रममा सम्बोधन गर्दे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यक्रममा आसन ग्रहण नगराउने बताएका थिए । सोही विषय उनले आफ्नो सामाजिक सञ्जालमासमेत सार्वजनिक गरेका छन् ।

उनले भनेका छन् ‘कार्यक्रमहरुमा धेरैलाई आसन ग्रहण गराएर समय बर्वाद गर्नु भएन भन्ने सुझाव दिने गर्नुभएको थियो । हो पनि । तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यससम्बन्धी निर्णय गरेको छ ।’

अबदेखि कार्यक्रम मञ्चमा आसन ग्रहण नगरी दर्शक बस्ने स्थानमा बस्ने एमालेको सचिवालय बैठकमा निर्णय भएको छ । यही निर्णय रवि लामिछानेले चुनावी प्रचारप्रसारको क्रममै लागु गरेका थिए । उनको पार्टी रास्वपा सार्वजनिक कार्यक्रममा आसनग्रहण नगर्ने गरेको छ ।

यस्तै एमालेले अबदेखि अनुहारै छोपिनेगरी खादा–माला र ठूला व्याज लगाउने प्रचलन पनि अन्त्य गर्ने जनाएको छ । अध्यक्ष ओलीले नै आफ्नो फेसबुक वालमा लेखेका छन् ‘अब अनुहारै छोपिनेगरी खादा–माला र कोट भन्दा ठूला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्छ ।’ यो विषयपनि सचिवालय बैठकमा उठेको र लागु गर्ने उनको आशय छ ।

खादा र मालापनि नलगाउने रास्वपाको चुनावताका भनेको थिए र सभापति लामिछानेले चुनावताका काम गरेर नदेखाउनजेल खादा माला नलगाउने भनेका थिए ।  ८ महिना अगाडी रास्वपा नेता हरि ढकालले खैरहरी उद्योग वाणिज्य संघ, पर्साको कार्यक्रममा भनेका थिए ‘खादा र माला पर्दैन, आसन ग्रहण पनि गरिदैन्, सबै जना बराबर हो ।’ यो निर्णय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले पनि गरेका थिए ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१