
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका बुवालाई पशुपतिमा अन्त्येष्टि गरिने भएको छ ।
उपचारको क्रममा रहेका मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान वीर अस्पतालमा निधन भएको थियो ।
मृतक राईकै इच्छा अनुसार उनको अन्त्येष्टि गुह जिल्ला भोजपुरमै मौलिक परम्परा अनुसार गरिने तय भएको थियो । तर खराव मौसमका कारण उनको पार्थीव शरीरलाई गृह जिल्ला लैजान नसकिने देखिएपछि राईको अन्त्येष्टि आज दिउँसो पशुपतिमा गरिने जानकारी किरातीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका छन् ।
राईको आज विद्युतीय शवदाहबाट दिउँसो २ बजेपछि अन्त्यष्टि गरिँदै छ ।
आज विहान मन्त्री निवास पुल्चोक पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जीता श्रेष्ठलगायतले राईप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।