
जापान । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा हिरोशिमा नेपाली कम्यूनिटी जापानले ‘हिरोशिमा तीज धमाका २०२३’ आयोजना गर्ने भएको छ ।
उक्त तीज धमाका कार्यक्रममा लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने समितिका सचिव बिपिन केसी जानकारी दिए ।
नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरु सुमन थापा, सूर्य खड्कालगायतका कलाकारहरुकाे प्रस्तुती रहेकाे उनले बताए ।
कार्यक्रमलाई भव्य बनाउनको लागि नेपालबाट आमन्त्रित ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको भिसा प्रक्रिया पनि पूरा भएकाे र कार्यक्रम सेप्टेम्बर १३ तारिखका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको ठाउँ हिरोशिमाको स्काई प्लाजा योकोगावा हलमा हुने जानकारी पनि सचिव केसीले दिए ।
विगतका वर्षहरुमा जस्तै यसपटक पनि हिरोशिमाबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नेमा यस हिरोशिमा नेपाली कम्यूनिटी जापान पूर्ण रूपमा विश्वस्त रहेको कम्युनिटीका अध्यक्ष रवि गैरेले विश्वास व्यक्त गरे ।