प्रधानमन्त्रीद्वारा २० औं निजामती सेवा दिवसको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० औं निजामती सेवा दिवस २०८० को शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले निजामती सेवामा आवद्ध सबै राष्ट्रसेवक निजामती कर्मचारीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ मनाउन लागिएको २०औं निजामती सेवा दिवस २०८० का अवसरमा निजामती सेवामा आवद्ध सबै राष्ट्रसेवक निजामती कर्मचारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ २० औं निजामती सेवा दिवस, २०८० आज मनाइँदै छ ।

यो दिवसले सबै निजामती कर्मचारीहरूको भावनात्मक तथा संवेगात्मक रूपमा आत्मबल सिर्जना गरिरहेको उनको भनाई छ ।

उनले निजामती सेवामा महत्वपूर्ण योगदान पुयाई आज परस्कृत हुने सबै कर्मचारीलाई बधाई दिदै आगामी दिनमा थप उर्जासहित सेवा गर्ने अपेक्षा लिएको बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१