काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, कान्ति बाल अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएकी रेजिशा गोपालीको मृत्यु प्रकणरमा अस्पतालको व्यवस्थापकीय कमजोरी देखिएको बताएका छन् ।
शुक्रबार संसदमा आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे, जानकारी गराउन उपस्थित भएका प्रधानमन्त्री दाहालले, बालिकाको उपचारको क्रममा ज्यान जानुमा व्यवस्थापकीय कमजोरी देखिएको बताएका हुन् ।
कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भई काठमाडौं बाफल बस्ने ५ वर्षिय बालिका रेजिशा गोपालीको आकस्मीक कक्षमा उपचारका क्रममा मृत्यु हुनु दुखद भएको उनले बताए।
