• २०८३ असार १५
  • 2026 June 29, Monday

राजनीतिक परिवर्तनसँगै बालबालिकाको क्षेत्रमा पनि सुधार भएको छ : मन्त्री आचार्य

  • २०८० भदौ २९, शुक्रबार ०८:४१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राजनीतिक परिवर्तनसँगै बालबालिकाका क्षेत्रमा पनि उत्साहजनकरुपमा सुधार भएको बताएका छन् ।
शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले भने, ‘नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनका साथै बालबालिकाको संरक्षण एवं विकासलगायतका विषयमा उत्साहजनक सुधार भएका छन् ।’
मन्त्री आचार्यले बालबालिकाको विषयमा अझै प्रभावकारीरुपमा काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।
बालबालिकासम्बन्धी नीति मन्त्रीपरिषद्मा पेश भएको र बालबालिकासँग सम्बन्धित मूलभूत रणनीतिहरुका साथ सरकार अगाडि बढीरहेको उनको भनाइ छ ।

  • २०८० भदौ २९, शुक्रबार ०८:४१