इजरायलकाे त्याे संगीत महाेत्सव, जहाँबाट निकालियाे २ सय ६० जनाकाे शव

काठमाडाैं । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु हुनेकाे संख्या एक हजार एक सय नाघेको छ ।

इजरायलतर्फ सात सय भन्दा धेरै र प्लालेस्टाइन तर्फ चार सय भन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको ठाउँबाट २ सय ६० जनाको शव निकालेका छन् । संगीत महोत्सवमा हमास लडाकुले आक्रमण गरेका थिए ।

आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् । अझै धेरै शव संकलन गर्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ ।

संगीत महोत्सवमा शुक्रवार राति अबेरसम्म मानिसहरू नाचेर रमाइरहेका थिए । तर, एकाएक त्यहाँ गोली चल्न थालेपछि कोलाहल मच्चिएको थियो । संगीत महोत्सव भएको क्षेत्र गाजासँगको बोर्डर नजिक पर्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१