
काठमाडाैं । पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङ, पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध अभियोगमा मुद्दा दायर गरेकाे हाे ।
विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्कारले भेपमा लुकाएर ल्याएइको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।
सुन ल्याउनेमध्यका दावाजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन् । उनीहरूलाई पक्राउ परेका बखत कारबाही हुने गरी खोजी सूचीमा राखिएको छ ।