मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाइँ एक्लै थिए।

मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो।

दुर्घटनामा पाइलटको अवस्थाबारे औपचारिक रुपमा जानकारी आइनसकेको मनाङ एयर स्रोतले बताएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१