कालिकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदा सो जीपका चालक सक्कल बहादुर शाहीको मृत्यु भएको छ ।

बाजुराबाट कालिकोट आउने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा जीप दुर्घटनामा परेको थियो ।

ग १ ज ५७९५ नम्बरको जीप आज बिहान ३ बजे दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ३० मिटर तल खसेको र जीपमा चालक बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१