एमालेलाई दुःख हुदाँ सिंगो नेपाललाई दुःख हुन्छ : एमाले नेता श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता तथा स्थायि कमिटि सदस्य कृष्णगोपाल श्रेष्ठले एमाले काठमाडौं महानगर कमिटीले नेपाल नयाँ वर्ष संवत ११४४ को अवसरमा आयोजना गरेको कार्यक्रम नेपाल सम्वद् ११४४, ९ वर्षको भिन्तुना भनेर मात्रै हामी यहाँ जम्मा भएका छैनौ । निरङ्कुश राजासहितको निरदलिय तानाशाही पञ्चायत व्यवस्था फ्याक्ने आन्दोलनमा यो अभियानको प्रमुख भूमिका छ । त्यस्तै आज मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र यहाँसम्म ल्याउँने क्रममा यो एउटा आन्दोलन हो । यो आन्दोलनको नायक नेकपा एमाले हो । हामीले गर्वसँग भन्नु पर्छ ।

नेकपा एमाले नै यस्तो पार्टी हो, जसले बसन्तपुरमा हुने कार्यक्रममा १११९ देखि नेकपा एमालेको ब्यानरबाट सहभागि भएर आजसम्म यसलाई निरन्तरता दिईरहेको छ कुनै अरु पार्टीको ब्यानर त्यहाँ आउँने आँट गर्दैन् । नेकपा एमाले दृढताका साथ यसलाई अगाडि बढाउँछ यसको पछाडि महत्वपूर्ण भूमिका छ । यो एउटा आन्दोलन हो ।

एमालेको लागि शुभ हुदाँ सिंगो देशको लागि शुभ हुन्छ र एमालेलाई दुख हुदाँ सिंगो नेपाललाई दुख हुन्छ । ११४३ सिंगो नेपाली जनता, राष्ट्र र लोकतन्त्रको लागि दुखत रहेको छ । अब ११४४ मुलुकको लागि एउटा सफल वर्ष सुख वर्ष रहोस् भन्ने कामना गर्न चहान्छु ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१