
काठमाडौं । जाजरकोट भूकम्पमा परी शनिबार बिहान पौने १ बजेसम्म १३६ जनाको मृत्यु र १६६ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।
शुक्रवार मध्यराति ११ : ४७ बजे गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ गरी १३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
भूकम्पमा परी जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । घाइते हुनेको कुल संख्या १६६ रहेको छ । घाइतेको उपचार जाजरकोट, नेपालगञ्ज र सुर्खेतमा भइरहेको छ ।
भूकम्पपछि सरकारले गएरातिदेखि नै उद्धार थालेको छ ।