रास्वपा सभापति लामिछानेको दबाब टोली बर्दघाटमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको दबाब टोली नवलपरासीको बर्दघाट पुगेको छ । बुटवल–नारायणगढ सडक विस्तारमा चरम ढिलासुस्ती भएपछि दबाब दिन सभापति लामिछानेले उक्त खण्डको पदयात्रा गरेका हुन् ।

चिनियाँ कम्पनीले ठेक्का पाएको पूर्वपश्चिम राजमार्गको उक्त खण्डमा काम अति सुस्त हुँदा सवारी आवागमनमा धेरै सास्ती छ ।बर्दघाटमा लामिछानेको टोलीलाई पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

सडक निर्माण भई सकिनुपर्ने समयमा बल्ल ४० प्रतिशत मात्र काम भएपछि पार्टीले दबाब यात्रा गरेका पार्टी जिल्ला संयोजक मदन पौडेलले बताए ।
दबाबमूलक पैदल यात्रा तेस्रो दिन बुधबार बर्दघाटबाट बुटवल पुगेर पुरा हुने छ । लामिछानेको टोलीले गत सोमवार पूर्वी नवलपरासीको गैंडाकोटमा ११३ किलोमिटर यात्रा सुरु गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१