‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ

काठमाडाैं । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुढानिलकण्ठबाट पक्राउ गरेको हाे ।

बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।

बम्जनको सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि प्रहरी टाेलीले छापा मारेको थियो ।

बम्जन पहिलाेपटक बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१