काठमाडौंबाट चित्लाङतर्फ गइरहेको कार दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ सेतो पहरा भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसाे १ : ५५ बजे काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भइ सडकदेखि पाँच सय मिटर तल खसेकाे हाे ।

दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौंको लाजिम्पाट बस्ने डा. महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडाैं प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

प्रहरीका अनुसार भ्यानमा ६ जना सवारमध्ये चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुईजना घाइतेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ ।

दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा. सृष्टि तिवारी घाइते भएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१