दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना १५ जना घाइते

  • हुलाक सञ्चार
  • काठमाडौं । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

    शुक्रबार बिहान सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

    दुर्घटनामा बस चालक सहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिंहले बताए ।

    ‘बस सडकबाट २० मिटर तल खसेको छ । गाडिमा १७ जना सवार भनिए पनि १५ जनाको उद्दार गरी जिल्ला अस्पताल पठाइएको छ । सो मध्ये तीन जनाको अवस्था गम्भीर छ । दुई जनाको खोजी भैरहेको छ।’

    दुर्घटनामा घाइते भएकाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

     

    © 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१