अयोध्या आन्दोलनको तिक्तता भूलेर रामको फिर्तीमा उत्सव मनाउनुहोस

  • यस आन्दोलनको बिरूद्ध अफवाह र हल्ला फैलाउने ठूलो प्रयास पनि गरियो, विशेष गरी अंग्रेजी भाषाका सञ्चारमाध्यममा । सुरुवातमा रामजन्मभूमिको आन्दोलनसम्ग जोडिएका संस्थालाई बदनाम गर्ने प्रयास भयो
  • राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस)का तेश्रो सरसंघचालक स्वर्गीय मधुकर दत्तात्रय देवरस जमिनि यथार्थ बुझ्ने व्यक्तिका रुपमा परिचित थिए । रामजन्मभूमि आन्दोलनका बारेमा आफ्ना नजिकका सहकर्मीहरूसँगको छलफलमा उनले तत्कालै परिणामको आशा नगर्न चेतावनी दिएका थिए ।

    ‘यो २०–३० वर्षको संघर्ष हुनेछ,’ उनले त्यतिखेर भनेका थिए । रामजन्भूमिका लागि शक्ति र धैर्यता जम्मा गरेर मात्रै आन्दोलन थाल्नुपर्ने सुझाव दिएका थिए । उनको भनाईमा उनका सहकर्मीहरू सहमत थिए – र बाँकी त इतिहासका पानामा सुरक्षित छ ।

    मधुकर दत्तात्रयको यो सावधानी सहितको सल्लाहका पछाडि अयोध्यामा रामको भव्य मन्दिरको पर्खाइमा रहेका मानिसको सयौं वर्षको बलिदान, संघर्ष र करोडौं जनताको आकांक्षाको ‘अन्तको आरम्भ’ हुनेछ भन्ने अन्तरनिहित विश्वास थियो ।

    यो आत्मविश्वास तुरुन्तै देखा परेको होइन् । १९५७ देखि आरएसएस र सहयोगी संगठनहरूले रामजन्भूमि आन्दोलनका लागि गरेका हरेक आह्वान र काममा निरन्तर जनताको साथ पाए । यही समयमा संकटकाल, तमिलनाडुको मीनाक्षीपुरममा सामूहिक धर्म परिवर्तन र आतंकवादी हमला जस्ता धेरै चुनौतीहरूको सामना गर्नुप¥यो ।

    मीनाक्षीपुरममा सामुहिक धर्म परिवर्तन पछि, आरएसएसले जनचेतना अभियान सुरु गरेको कुरा धेरैलाई थाहा नहुन सक्छ । धर्म परिवर्तन विरुद्धको जनचेतना अभियानमा आरएसएस कार्यकर्ताहरू देशभरका हजारौं गाउँहरूमा पुगे । यससँगै प्रख्यात एकात्मता यात्रा भएको थियो जसमा गंगाको पवित्र जल र भारत माताको मूर्ति बोकेका चार रथले भारतको यात्रा गरेका थिए । यी रथले उत्तरदेखि दक्षिण, पुर्वदेखि पश्चिम यात्रा गरेका थिए ।

    देशलाई भावनात्मक रूपमा एकताबद्ध गर्ने यो अनुपम प्रयासलाई सबै उमेर, जात, धर्म र क्षेत्रका मानिसहरूले उत्साहजनक प्रतिक्रिया दिए । यी सबै जन अभियान रामजन्मभूमि आन्दोलनभन्दा अगाडि भएका थिए ।

    अयोध्या आन्दोलनका विभिन्न कोशेढुङ्गाहरूलाई रणनीतिक, सावधानीपूर्वक, योजनाबद्ध र सैन्य तयारीका साथ कसरी कार्यान्वयन गरियो भनेर शोधपत्र बनाएरै अध्ययन गर्नुपर्ने विषय हो ।

    रामजन्भूमिको आन्दोलनको पहिलो र प्रमुख पक्ष भनेको यो साँचो अर्थमा जनआन्दोलन थियो, जसको तुलना स्वतन्त्रता संग्रामसँग मात्र हुन्छ । ‘शिला पूजन’देखि मन्दिर निर्माण गर्न विश्व हिन्दू परिषद्को पछिल्लो कोष संकलन अभियानमा भारतको हरेक कुनाबाट “श्री राम” लेखिएका हजारौं इँटाहरू ल्याईए । यो अभियानको क्रममा चार लाख गाउँमा बसोबास गर्ने १० करोडभन्दा बढी परिवारलाई ४० लाख स्वयंसेवकहरूद्वारा एकसाथ जोडियो । कोषमा हालसम्म २ हजार करोड भारतीय रुपैयाँ भन्दा बढी संकलन भएको छ । यो विश्वकै सबैभन्दा ठूलो क्राउड–फन्डिङ मध्ये एक हो ।

    घर फिर्तिको उत्सव मनाउने समय

    निस्सन्देह, यो आन्दोलन संघर्ष र बलिदान विहिन थिएन् । आन्दोलनका क्रममा त्रास, डर, धम्कि, गिरफ्तारी र गोली चलाउने चलन थियो । उत्तर प्रदेशका तत्कालिन मुख्यमन्त्री मुलायम सिंह यादवले कारसेवाको दिन अयोध्यामा ‘चरा पनि उड्न नदिने’ भन्दै धम्क्याएका थिए । उनको भनाई आज पनि कुख्यात छ ।

    जब कार सेवकहरूले प्रहरीका ब्यारिकेडहरू नाघेर अगाडि बढे उनले रत्तिभर दया नराखीकन निर्दयतापूर्वक गोली चलाउने आदेश दिए । तर यस्ता अनेक प्रयासले देशका आम जनतालाई रामलाई आफ्नो जन्मभूमिमा फर्काउने आफ्नो संकल्पबाट विचलित भने गर्न सकेन ।

    यस आन्दोलनको बिरूद्ध अफवाह र हल्ला फैलाउने ठूलो प्रयास पनि गरियो, विशेष गरी अंग्रेजी भाषाका सञ्चारमाध्यममा । सुरुवातमा रामजन्मभूमिको आन्दोलनसम्ग जोडिएका संस्थालाई बदनाम गर्ने प्रयास भयो । उदाहरणका लागि विश्व हिन्दु परिषदलाई ‘कागजी बाघ’ करार गर्दै ‘.. यो शहरमा मन्दिर स्वर्गबाट खस्नेछैन’ भन्दै भविष्यवाणी गरिएको थियो । तत्कालिन मूख्यमन्त्री मुलायम सिंह यादवलाई धर्मनिरपेक्षता र विधिको शासनको उद्धारकर्ताको रूपमा प्रस्तुत गरिएको थियो ।

    भगवान कृष्ण(मथुरा) ओबीसी (यादव) र भगवान शिव(काशी) जनजाति हुन् त्यसकारण आरएसएसले उच्च जाति(क्षत्रिय)का राम(अयोध्या)लाई रोजेको हो भन्ने अफवाह र आधारहिन तर्क फैलाईयो ।

    आन्दोलनमा सामेल भएका र यो आन्दोलनका साक्षी रहेकालाई यस्ता तमाम पीडादायी अध्यायहरू बिर्सन गाह्रो छ । तर आज, जब सिङ्गो देश राम लल्लाको भव्य स्वदेश फिर्तीको उत्सव मनाइरहेछ । यी तमाम तिक्ततालाई त्यागेर, यो ऐतिहासिक अवसरलाई पूर्ण प्रेमिल हृदयले उत्साहपूर्वक मनाउने बेला आएको छ ।

    अयोध्यामाथि इलाहाबाद उच्च अदालतको फैसला पछि, आरएसएस प्रमुख मोहन भागवतले सबैलाई हाम्रो साम्प्रदायिक मतभेदलाई भूले र हातमा हात जोडेर एकसाथ अगाडि बढ्न आग्रह गरे । राम मन्दिरको भूमिपूजनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘राम सबैका हुन् र सबै भित्र बाँच्छन् ।’ राम भजन सुनाउँदै फारुक अब्दुल्लाले यो विश्वासलाई पुनः पुष्टि गरेकाछन् । रामले सबैलाई आशीर्वाद दिनुहुन्छ, उहाँको आगमनको भव्य समारोह बहिष्कार गर्नेहरूलाई पनि ।

    कट्टर तर्कवादीहरूको एक सानो तप्का बाहेक अल्पसंख्यक बाहेक, भक्ति भारतीय मानसिकताको सार हो । कुनै पनि विश्वासका भारतीयहरूको सम्बन्धमा यो एक विश्वव्यापी सत्य हो । अयोध्यामा रामलल्लाको आगमनको उत्सव मनाउन देशका दुर्गम ठाउँदेखि नयाँ दिल्लीको खान मार्केट जस्ता सम्भ्रान्त गढहरूमा देखिएको अत्याधिक उत्साह यही विश्वासको इमानदार अभिव्यक्ति हो । यसले मानव मस्तिष्कले कल्पना गर्न सक्ने हरेक सीमा पार गरेको छ ।

    यसका साथै यो निस्सन्देह, महान् राष्ट्रिय पुनरुत्थानको अभूतपूर्व परियोजनाको चरम सीमा हो, जहाँ भक्ति जनताको हितको प्रतिबद्धतामा परिणत हुन्छ । विशेष गरी समाजका कमजोर वर्गहरूका लागि ।

    पत्रकार नीरजा चौधरीले ७ जनवरीको आफ्नो स्तम्भमा, वाराणसीमा गंगा आरतीमा युवाहरूको भीड देख्दा एउटा अनुभूति गरेको कुरा लेखेकी छिन्, ‘के यो हिन्दू पुनरुत्थान हो ?’ तर वी.एस. नायपल जस्ता व्यक्तिले २५ वर्षअघि नै यो कुरा बुझिसकेका थिए । त्यसैगरी, आज पनि अयोध्यामा राम मन्दिरको विरोध गर्नेहरूलाई आत्मसाक्षात्कार गर्नेछन्, आधुनिक युगको ‘राम राज्य’ को पर्यायवाचीका रुपमा ‘नयाँ भारत’ निर्माण गर्न साझेदार हुनेछन् ।

    (भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेको द प्रिन्टमा प्रकाशित यो लेख भुपेन्द्र क्षत्रीले नेपाली भाषामा भावानुवाद गरेका हुन् ।)

    © 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१