फुटबल प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं । काठमाडौं महागनरपालिकाको सहयोगमा अन्नपूर्ण आरसीटीको आयोजनामा शनिबारदेखि फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
उत्कृष्ट युवा खेलाडीको उत्पादन उद्देश्य राखेर ग्रास रुटस्तरको यो प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो ।

कार्यत्रम लैनलोर युवा क्लब र बाँसबारी क्लबको संयुक्त सहकार्यमा सुरु भएको हो। प्रशिक्षक प्रत्येक शनिबार र विदाको दिन संचालन हुने भएको छ ।
यसमा आठदेखि १४ वर्षसम्मका १ सय २५ खेलाडीको सहभागिता रहेको छ । त्यसमध्ये १९ बालिका रहेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठलाई बल हस्तान्तरण गर्दै कार्यक्रममा सुरु गरेको जानकारी गराए ।

वरिष्ठ प्रशिक्षक श्रेष्ठलाई हरिओम श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश बैद्य, सुरेश शाही र डामोदर सिल्पकारले सहयोग गर्ने छन् ।
आयोजक क्लबका अध्यक्ष सुरेश शाक्यका अनुसार प्रशिक्षण कार्यक्रमले काठमाडौं उपत्यकाबाट फुटबल खेलाडी उत्पादन हुने प्रक्रियामा सहयोग पुग्नेछ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१